५ सय १८ भ्याट छल्ने कम्पनीबाट ६ अर्ब ६० करोड असुलिने

३ बैशाख २०६९, आईतवार १८:१६ मा प्रकाशित


विगत एक वर्षदेखि अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभागले चैत मसान्तसम्म सबै फर्मको कर जरिवाना निर्धारण गरेपछि  आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङक सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ५ सय १८ फर्मको छानवीन गर्दा ३ अर्ब ६ करोड भ्याट, ३ अर्ब ३२ करोड आयकर र २० करोड ५२ लाख अन्तशुल्क गरी ६ अर्ब ५९ करोड ७७ लाख कर निर्धारण गरिएको हो । तर पत्रकार सम्मेलनमा नक्कली भ्याट बिल बनाउने र अन्य तवरले कर छल्नेहरुको नाम भने सावर्जनिक गरिएन ।
यसअघि राष्ट्रिय सूचना आयोगको निर्देशनमा नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहित सरकारले ४ सय ३७ व्यापारिक फर्मको नामसार्वजनिक गरेको थियो। चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगड, भाटभटेनी डिपार्टमेन्ट स्टोर, विश्वकर्मा सिमेन्ट, मारुती सिमेन्ट, मोरङ अटो वक्र्स, बामा मोटर्स, बरुण डेभलपर्स, रसुवा कन्स्ट्रक्सन, युनाइटेड बिल्डर्स, सिटिसिई र कालिका जेभी, चमेलियाजस्ता ब्यापारिक घराना र कम्पनीहरुको नाम सो सूचिमा सामेल थियो ।
कर नतिर्नेलाई विदेश जान रोक लगाइने, बैंक खाता रोक्का गरिने, निकासी रोक्का गरेर असुल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा सहभागी अर्थमन्त्री वर्षामान पुनले पत्रकारहरुको जिज्ञासामा  आफूलाई पनि कर छल्ने एकजनाको पनि नाम थाहा नभएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–