स्याङ्जाको जनजीवन ठप्प

१३ कार्तिक २०७०, बुधबार १९:२६ मा प्रकाशित

स्याङ्जा, १३ कात्तिक । प्रहरीको गोली प्रहारबाट दुई स्थानीयको मृत्यु भएपछि असान्त बनेको स्याङ्जाको जनजीवन काँग्रेस निकट तरुण दलको प्रदर्शन र बजार बन्दले ठप्प बनेको छ । आफ्ना समर्थकको हत्या भएको भन्दै तरुण दलले प्रदर्शन र बजार बन्द गरेको छ भने चापाकोट प्रहरी कार्यालयमा सर्वसाधारणले घेराउ जारी राखेका छन् । गत असोज २७ गते स्थानीय माया विकको आत्महत्या नभई घरेलु हिंसाका कारण हत्या भएको भन्दै चापाकोट प्रहरी चौकी घेराउ गर्न गएका स्थानीय जनताको प्रदर्शन हिंसात्मक भएपछी प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट मंगलबार चापाकोट ६ का २१ वर्षीय सूर्य आले र चापाकोट ४ का १८ वर्षीय कृष्ण भट्टराईको मृत्यु भएको थियो । स्याङ्जालीहरुले बुधबार बिहान ८ बजेदेखि नै मृतकलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरि रहेका छन् । तरुण दलले जिल्ला प्रहरी प्रमुख आभूषण तिमिल्सिनाको सरुवासहित पाँच सुत्रीय माग राखेर जिल्ला बन्द गरेको हो । बन्दले स्याङ्जाको बजार, पसल, उद्योग कलकारखाना ठप्प भएका छन् भने निर्वाचनमा समेत प्रभाव पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार