“दमिनी भीर” का लेखक र पाठकबीच संवाद

१३ कार्तिक २०७०, बुधबार १९:१७ मा प्रकाशित

काठमाडौं । भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको तत्त्वावधानमा सञ्चालन हुँदै आएको संवाद कार्यक्रम ‘कन्भर्सेसन्स’को दशौँ शृङ्खला गत सोमबार नेपाल–भारत पुस्तकालयमा आयोजना भएको छ। उक्त कार्यक्रममा निम्त्याइएका थिए– यस वर्षको मदन पुरस्कार विजेता कृति ‘दमिनी भीर’का लेखक राजन मुकारुङ। कार्यक्रमको सुरुमा सञ्चालक पत्रकार वसन्त बस्नेतले कार्यक्रममा उपस्थित दर्शक–श्रोताहरूलाई मुकारुङको परिचय दिए, दमिनी भीरको केही अंश पढेर सुनाए, अनि संवाद सुरु भयो।
समीक्षकहरूद्वारा प्रशंसित तथा अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज उठाउने लेखक मुकारुङले ‘दमिनी भीर’सँग सम्बन्धित आफ्ना अनुभव सुनाउँदै उपन्यासमा प्रस्तुत धेरै पात्र कसरी काल्पनिकभन्दा बढी वास्तविक छन् भन्ने प्रस्ट्याउने प्रयास गरे। यसका अतिरिक्त मुकारुङले आफ्नो लेखकीय जीवन, प्रेरणाका स्रोतहरू तथा चुनौतीबारे बोले। छलफलका सञ्चालक बस्नेतले दमिनी भीरले समीक्षकहरूबाट पाएको प्रशंसा तथा वर्तमानको साहित्यिक सदर्भमा यस्ता उपन्यासको आवश्यकताबारे चर्चा गरेपछि वक्ताहरूले श्रोताबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार