जनमुक्ती पार्टीको तीन दिने नेपाल बन्द फिर्ता

३ बैशाख २०६९, आईतवार १५:३३ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । जातीय पहिचान सहितको संघीयताको सुनिश्चितता र यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै आजदेखि तीन दिनसम्मकोलागी नेपाल बन्दको आब्हान गरेको सत्तारुढ राष्ट्रिय जनमुक्ति पार्टीले बन्द फिर्ता लिएको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रीसँग आज भएको बार्ता पछि सो पार्टीले बन्द फिर्ता लिएको हो । सरकारले प्रहरी नियन्त्रणमा रहेका सीवी श्रीष र खिलध्यवज थापलाई रिहा गर्ने सहमति जनाएपछि सो पार्टीले बन्द फिर्ता लिएको हो । उनीहरु हिजो मसाल जुलुसका क्रममा पक्राउ परेका थिए । प्रधानमन्त्रीले सत्तामा बसेर बन्द गर्न नमिल्ने भन्दै बन्द फिर्ता लिन आब्हानका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेर बन्द गर्ने हो भने सरकारबाट हटाउने चेतावनी समेत दिएका थिए ।
सो पार्टीले बन्द आब्हान गरेपनि बन्दको प्रभाव भने राजधानीमा कुनै प्रभाव परेको छैन । राजधानीमा विहानै देखि यातायात, शैक्षिक संस्था, कार्यालय, औद्योगिक प्रतिष्ठानहरु सुचारु छन । राजधानी बाहिर भने बन्दको सामान्य प्रभाव परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई