स्याङ्जामा प्रहरीले चलाएको गोलीले २ को मृत्यु

१२ कार्तिक २०७०, मंगलवार २०:४० मा प्रकाशित

स्याङ्जा, १२ कार्तिक । स्याङ्जामा प्रहरीले चलाएको गोलीले दुई युवाको मिर्त्यु हुनुको साथै तीन जाना गम्भिर घाइते छन् । एक दलित महिलाको मृत्युको निष्पक्ष अनुसन्धान नगरेको भनि प्रहरी चौकी घेर्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको हो ।  प्रहरीले चलाएको गोली लागेर चापकोटकै २१ वर्षीय सुर्य आले र १८ वर्षीय कृष्ण भट्टराईको घटनास्थलमा मृत्यु भएको छ । स्थानीय माया बिकको आत्महत्याबारे प्रहरीले गरेको अनुसन्धान चित्त नबुझेको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीय र प्रहरीबीच मंगलबार भएको झडपमा उनीहरुको ज्यान गएको हो ।बिकले टीकाको अघिल्लो दिन आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तर स्थानीयले भने ३५ वर्षीया मायाको पति र सासुले हत्या गरेर झुण्डाएको आरोप लगाएर अनुसन्धान माग गरिरहेका छन् ।  चार सय जाना भन्दा बढि चौकी घेर्न आएका थिए । प्रहरीले आत्महत्या नै भएको अडान लिएपछि तनाव उत्पन्न भएको हो ।  चित्त नबुझेको भए जिल्ला सदरमुकाम जान प्रहरीले सुझाएपछि स्थिती बाहिर गएकी थियो । उक्त घटनामा भिड बढेको भन्दै प्रहरीले सुरक्षाको लागि भन्दै हवाई फायर खोलेर पछि भीडमा नै गोली चलाएको थियो। घटनाको थप विवरण बुझ्न अहिले सशस्त्र प्रहरीको टोली घटनास्थलमा गइरहेको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बलका सहायक बाहिनीपति(एसएसपी) दुर्गाबहादुर कुवरले सेतोपाटीलाई बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।