आँधी-हुरीले युरोपमा १३ जनाको ज्यान गयो

१२ कार्तिक २०७०, मंगलवार २०:३५ मा प्रकाशित

एजेन्सी, १२ कार्तिक । उत्तर–पश्चिम युरोपमा आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । आँधीका कारण बेलायत, जर्मनी, फ्रान्स, तथा नेदरल्याण्ड्स अत्यधिक प्रभावित भएको बताइएको छ । आँधीका कारण जर्मनीमा ६ जनाको मृत्यु भएको छ भने दक्षिणी इङ्ल्याण्डमा चार जनाको मृत्यु भएको छ । तीव्र गतिमा आएको आँधीले रुख ढल्दा कार भित्रै च्यापिएर जर्मनीमा दुई जनाको मृत्यु भएको हो । त्यसैगरी, पश्चिमी फ्रान्समा आँधीले बगाएर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिलाको रुखले च्यापिएर मृत्यु भएको छ । आँधीकै कारण लण्डन तथा उत्तरी जर्मनीमा रेल सेवा बन्द गरिएको छ । युरोपको सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलका धेरैजसो उडान सेवा रद्ध गरिएको छ । यसैगरी नेदरल्याण्ड्समा पनि धेरैजसो उडान रद्ध गरिएको बिबिसीले जनाएको छ । आँधीका कारण बेलायतमा ६ लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ भने फ्रान्समा ४२ हजार घरमा विद्युत लाइन अबरुद्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा