परिवर्तनको सपना पूरा गर्न निर्वाचन: एमाओवादी अध्यक्ष प्रचन्ड

१२ कार्तिक २०७०, मंगलवार २०:२३ मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधानसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण देशवासीसँग आग्रह गरेका छन । एमाओवादी काठमाडौँ निर्वाचन क्षेत्र नं १ ले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचन्डले नेपाली जनता परिवर्तनको पक्षमा रहेको र त्यो परिवर्तनको सपना आगामी निर्वाचनले पूरा गर्ने बताए । मुलुकभर निर्वाचनको माहोल तीव्ररुपमा अगाडि बढेको चर्चा गर्दै उहाँले परिवर्तनको प्रवाहलाई रोक्न खोज्नेहरु इतिहासको पानामा सीमित हुने बताए ।  मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जरुरत रहेकोमा जोड दिँदै उनले भने, “राजनीतिक सङ्क्रमणको अन्त्य गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने महत्वपूर्ण अवसर निर्वाचन हो, यसलाई जसरी भए पनि पूरा गर्नु पर्दछ ।”नेपाली जनताको सपनासँग जोडिएको निर्वाचनलाई सफल बनाउन कोही कसैसँग पनि सम्झौता गर्ने पक्षमा आफूहरु नरहेको भन्दै उनले राष्ट्रिय एकता र स्थिरताका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । अघिल्लो संविधानसभाबाट आफ्नो पार्टी ठूलो दल भएपनि ‘रुख चढाएर फेद ढाल्नेको फेला’ परेका कारण जनताको पक्षमा काम गर्न नसकिएको र आगामी निर्वाचनबाट नेपाली जनताले आफ्नो पार्टीलाई पूर्ण बहुमत दिलाउने विश्वास व्यक्त गरे । जसको नीति उसैको नेतृत्व लागू गर्नका लागि एमाओवादीलाई मतदान गर्न आग्रह गर्दै उनले आफ्नो पार्टीको पूर्ण बहुमत र परिवर्तनकारी शक्तिको दुई तिहाइ मत प्राप्त भए मात्र नेपाली जनताको चाहना पूरा गर्न सकिने र जनपक्षीय संविधान पनि निर्माण हुने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी