संविधान निर्माणका लागि काँग्रेसको जित आवश्यकः सुशील कोइराला

१२ कार्तिक २०७०, मंगलवार २०:१७ मा प्रकाशित

चितवन, १२ कार्तिक । काँग्रेस सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसको जित आवश्यक रहेको बताएका छन ।  चितवनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले पहिलो संविधानसभाको चुनावमा माओवादीले डर, धम्की र लोभ देखाएर चुनाव जितेकोमा अहिले मतदातामा कसैको डर त्रास नरहेकाले काँग्रेसको जित सुनिश्चित रहेको बताएका हुन् । कम्युनिस्टसँग जनता निरास भएको उल्लेख गर्दै उनले माओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । चितवनको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै सभापति कोइरालाले काँग्रेसले दुई तिहाइ बहुमत ल्याएर एक वर्षभित्र संविधान जारी गर्ने दाबी समेत गरे । चुनाव प्रचार–प्रसारका लागि चितवनमा रहेका सभापति कोइराला आज प्रचार–प्रसार सकेर राजधानी फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका