निर्वाचन रोकेर राजनीतिक सहमतिको पहल गर्न अध्यक्ष वैद्यको आग्रह

१२ कार्तिक २०७०, मंगलवार २०:१२ मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाको निर्वाचन स्थगन गरी नयाँ राजनीतिक सहमतिको पहल गर्न विशेष आग्रह गरेका छन ।नेकपा–माओवादीका अध्यक्ष वैद्यले आज एक विज्ञप्ति जारी गर्दै समय छँदै ३३ राजनीतिक दलको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेचसभालगायतका प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गरेका हुन् । जनयुद्धमा संलग्न माओवादी शक्तिको एउटा मूल हिस्सालगायत ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन गइरहेको निर्वाचनको कुनै औचित्य नहुने र यसबाट जनताको संविधान पनि नबन्ने विज्ञप्तिमा उल्लेख छ । यथस्थितिमा हुने निर्वाचनले संविधान नबन्ने र शान्ति प्रक्रियालाई पनि पूरा गर्न नसक्ने बरु उल्टो अर्को द्वन्द्वसमेत निम्त्याउने विज्ञप्तिमा उल्लेख छ । राजनीतिक शक्तिका बीचमा वार्ता र संवादमार्फत गोलमेचसभा गरी परिणाममुखी राजनीतिक निकास निकाल्नका लागि मोर्चाले लचकताका साथ चारबुँदे प्रस्ताव राखे पनि चार दलका नेताले त्यसलाई अस्वीकार गरेर वार्तासमेत भङ्ग गरेको विज्ञप्तिमा आरोप लगाइएको छ । वैद्यले चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भए पनि सरकारद्वारा देशका विभिन्न भागमा बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने र मुद्दा लगाउनेजस्ता क्रियाकलाप गरिरहेको भन्दै त्यस प्रकारको दमनकारी नीति त्यागी गरिएका सबैलाई बिनाशर्त रिहा गर्न समेत माग गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप