संविधानका विवादित विषयमा सहमति जुटाउन शिर्ष नेताहरुको आवासीय बैठक हात्तिवनमा जारी

३ बैशाख २०६९, आईतवार १५:१४ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । संविधानका विवादित बुँदा र राष्ट्रिय सहमतिको सरकार गठन विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । काठमाडौको हात्तिवनमा बसिरहेको बैठकमा  एकीकृत माओवादी, नेपाली काङ्ग्रेस,नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा माओवादीको असन्तुष्ठ बैद्य पक्षको पनि सहभागिता रहेको छ । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने बिषयमा दलहरुबीच हिजो सहमति भएपछि संविधान निर्माणमा केन्द्रीत हुने र भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा बैठकमा छलफल भइरहेको बुझिएको छ । भावी संविधानका विवादित बुँदामा सहमति गर्न दिइएको समयावधि सकिन २ दिन बाँकी छँदा दलहरु संविधानको बिषयमा मात्र छलफल गर्न बैठक  बसेको हो । उनिहरु आज राति पनि त्यही बसेर छलफल गर्ने भएका छन् । दलहरुले राज्यपुनर्संरचना शासकीय स्वरुप,निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण विषयमा सहमति जुटाउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर