माओवादीले बहुमत पाए ६ महिना भित्र संविधान: प्रचण्ड

१२ कार्तिक २०७०, मंगलवार ०४:१३ मा प्रकाशित

ताप्लेजुंग, १२ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयतको पक्षधरको बहुमत नभएका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको बताएका छन् । एमाओवादी निर्वाचन क्षेत्र नं. २ ताप्लेजुङको चुनावी सभालाई सोमवार ताप्लेजुङको ढुङ्गेसाघुमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको संविधान सभामा परिवर्तनको पक्षमा दुईतिहाई बहुमत र एमाओवादीलाई स्पस्ट बहुमत आएमा ६ महिनामा संविधान बन्ने बताएका हुन् । पहिलो संविधानसभामा सबै भन्दा ठूलो पार्टी हुनुको नाताले पहिलो जननिर्वाचित सरकारले धेरै काम गर्न खोजेको तर अरुको बैशाखी टेकेर सरकार निर्माण गर्नु परेकाले काम गर्न नदिएको उनको आरोप थियो । उहाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा ६ महिनाभित्र सहमति गर्ने र एक बर्ष भित्र जसरी पनि संविधानसभाबाट संविधान जारी गर्ने सहमति भएकाले अबको संविधानसभाबाट संविधान बन्ने दाबी गरे । अपवादको रुपमा दोस्रो संविधानसभाको निर्वाचन हुन लागेको बताउँदै उनले हिजो पनि पुराना दल जनताको पक्षमा नभएको तर जनताले आफ्ना हक र अधिकारका लागि एमाओवादीलाई साथ दिएकोले संविधानसभाको निर्वाचन सम्भव भएको दाबी गर्नुभयो । उहाले युवा, बेरोजगार र गरीवहरुका लागि आफ्नो पटिले विषेश कार्यक्रम सहितको घोषणपत्रनै तयार पारेको बताउँदै आफ्नो पाटिको बहुमत आएमात्र लक्ष पुरा हुने भएकाले एमाओवादिलाई जिताउन नागरिकलाई आग्रह गरे । आफु गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुदॉ जनचाहना अनुसारको आर्थिक नीति बनाएको तर आफु बहुमतमा नभएको कारण नीति नै असफल भएको गुनासो गर्दै प्रचण्डले नेपालमा आर्थिक निति मजबुत नभएको कारण बाह्रय शक्तिको हस्तक्षेप बारम्बार खेप्नु परेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको