बाल्टिमोरमा नासोको दशैं-तिहार शुभकामना साँझ सम्पन्न

१२ कार्तिक २०७०, मंगलवार ०३:५४ मा प्रकाशित

बाल्टिमोर । नेपाली अमेरिकन सोशाईटी फर अप्रेस्ड कम्युनिटी (नासो) को आयोजनामा आइतबार बाल्टिमोरमा दशैं-तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ  । आयोजक संस्था नासोका अध्यक्ष दिपकजंग बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली मूलका सकर खेलाडी सिशिर बिश्वकर्मा र अमेरिका भ्रमणमा रहेका दलित अधिकारबादी मोती नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बानाका बिजय श्रेष्ठ, बाल्टिमोरका अगुवा धर्म बिश्वकर्मा, कृष्ण सोब, राज सेन्चुरी, उपाध्यक्ष गोपाल बिश्वकर्मा लगायतले बोल्नु भएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम अमेरिकाका लागी नेपाली बाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का