राष्ट्रसंघका महासचिव द्धारा सेना समायोजनमा भएको सहमतिको स्वागत

३ बैशाख २०६९, आईतवार १५:१३ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । संयुक्त राष्ट्रसंघले सेना समायोजनका लागि दलहरुबीच भएको सहमतिको स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव वानकी मुनले प्रेस विज्ञप्ती निकालेर झण्डै पाँच वर्षदेखिको गतिरोध तोड्दै दलहरुले माओवादी लडाकुहरुको समायोजनमा गरेको सहमति स्वागत योग्य भएको बताउनुभएको छ । विज्ञप्तीमार्फत महासचिव मुनले अव तोकिएकै समयमा संविधान निर्माण हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभएको छ । मुनले विज्ञप्तिमार्फत शिविरको सुरक्षा र हतियार हस्तान्तरणमा राजनीतिक दल, नेपाल सरकार, नेपाली सेना, माओवादी कमाण्डर तथा लडाकुको भूमिकालाई स्वीकार गर्नुभएको छ ।
विज्ञप्तीमा महासचिव मुनले पीडितका लागि सक्रमणकालिन न्याय र अन्तर्राष्ट्रिय कानुनको पनि ख्याल गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले नेपालको शान्ति प्रक्रियामा सहयोग निरन्तरताका लागि प्रतिबद्धता दोहो¥याउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको