हवाई आक्रमणमा तालिवान कमाण्डरको मृत्यु

११ कार्तिक २०७०, सोमबार ००:३४ मा प्रकाशित

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने निम्रोज प्रान्तमा नेटोसँग आवद्धसैनिकले गरेको हवाई आक्रमणमा तालिवान प्रमुख कमाण्डरको मृत्यु भएको छ । निम्रोज प्रान्तको खसरोड जिल्लामा शनिबार साँझ भएको सो आक्रमणमा तालिवान कमाण्डर मुल्लाह इब्राहिमको मृत्यु भएको सो प्रान्तका प्रान्तीय गभर्नर सार्वार सुवातले सिन्हवा समाचार समितिलाई बताउनुभएको छ । इब्राहिम हालै मात्र दक्षिण कान्दाहार प्रान्तबाट खसरोड प्रान्तमा आएका बताइएको छ । हाल उनले सो इलाकामा तालिवानी आतङ्ककारी समूहलाई नेतृत्व गर्दै आएका थिए । यसैबीच प्राप्त एक अर्का समाचारअनुसार स्थानीय समयअनुसार आइतबार बिहान सबेरै काबुलमा पर्ने सुरोवी जिल्लामा भएको एक आत्मघाती आक्रमणमा तीन अफगान सैनिक घाइते भएका छन् । उक्त जानकारी प्रहरीस्रोतले सिन्ह्वा समाचार समितिलाई दिएको छ । त्यसैगरी अफगानिस्तानको राजधानी काबुलबाट ३४० किलोमिटर दक्षिणमा पर्ने काबुल प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा