सातौँ पुष्प मेला सम्पन्न

११ कार्तिक २०७०, सोमबार ००:२२ मा प्रकाशित

काठमाडौ, ११ कार्तिक । गत शुक्रबारदेखि सुरु भएको सातौँ पुष्प व्यापार मेला रु एकाइस लाखको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले जावलाखेलमा सम्पन्न मेलामा गतवर्ष रु १९ लाखको कारोबार भएकोमा यो वर्ष करिब रु दुई लाख आम्दानी बढेर रु २१ लाखको कारोबार भएको एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । हरेक वर्ष दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिने सो मेलामा मखमली, गोदावरी र सयपत्री फूललाई मुख्य स्थान दिँदै आएको छ । गत वर्षको तुलनामा यसवर्ष भन्दा १० वटा कक्ष बढाएर ३४ वटा कक्ष राखिएकाले अन्य फूलले पनि स्थान पाएको गैरेले जानकारी दिनुभयो । गत वर्षको तुलनामा दर्शकको सङ्ख्यामा समेत वृद्धि भई २० हजारबाट २३ हजार पुगेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार ३४ ओटा कक्ष रहेको मेलामा करिब २०० भन्दा बढी प्रजातिका फूल प्रदर्शनमा राखिएको थियो । मकवानपुर, चितवन, कास्की, काभ्रेपलान्चोक र उपत्यकाका तीनवटै जिल्लामा व्यावसायिक रूपमा नै फूलखेती हुन थालेपछि देशमा करिब २० प्रतिशत मात्र अन्य देशबाट फूल ल्याउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द