कतारमा कामदार माथि भएको श्रम शोषण विरुद्ध सिड्नीमा प्रदर्शन

९ कार्तिक २०७०, शनिबार १९:१८ मा प्रकाशित

सिड्नी, ९ कार्तिक । कतारमा कामदार माथि भएको श्रम शोषणको विरुद्धमा सिड्नीमा प्रदर्शन भएको छ । शनिवार सिड्नीको टाउनहलमा जम्मा भएका नेपालीहरु र स्थानीय ट्रेड युनियनका सदस्य हरुले श्रमिक अधिकारको पक्षमा नारा लगाउँदै शहरको विभिन्न भागको परिक्रमा गरी कुक एंड फिल्लिप पार्क सिड्नी कार्यक्रम संयोजक मोनिका रन्जितकारका द्धारा कार्य क्रममा सहभागी र सहयोगी ब्यक्तिहरु ऋषी आचार्य, गंगा बहादुर नेम्कुल, सुम्निमा देवान र ताबी लिम्बुले धन्यबाट ब्यक्त गर्नु भएको थियो । प्रदर्शन कतारमा काम गर्ने संसार भरिको श्रमिक माथि भैरहेकाको शोषण विरुद्ध संसारभरिबाट दबाब सृजना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसअघि अमेरिका र बेलायतमा यस्तै विरोध प्रदर्शन भैसकेको छ भने २७ अक्टोवर आइतवार मेलवर्नमा विरोध कार्यक्रम हुदैछ ।

आजको विरोध कार्यक्रममा स्थानीय ट्रेड युनियनहरुले पनि सहभागिता जनाएका थिए । नेपाली समुदायका अगुवा डा. नारायण प्रधान लगायत सिड्नीका नेपाली संचारमाध्यम र युवा पुस्ताको उपस्थिति रहेको थियो । प्रधानले नेपाली कामदारहरुमाथि पक्षपात र अन्याय भएको बताए । उनले कतारजस्तो समृद्ध देशमा यसरी श्रमशोषण गरिनु अनुचित कार्य भएको बताए ।

बेलायती पत्रिका द गार्जियनले कतारमा बंगलादेशी र नेपाली कामदारहरुको पासपोर्ट खोसेर अमानवीय काममा लगाएको भन्दै रिपोर्ट प्रकाशित गरेपछि अमेरिका, बेलायतपछि अष्ट्रेलियामा प्रदर्शन भएको हो ।

विरोधमा सहभागी ट्रेड युनियनका स्थानीय लिडरहरुले फिफाले विश्वकप फुटबल आयोजना गरिरहेको अवस्थामा कामदारहरुमाथि गरिएको यसप्रकारको श्रम शोषण नितान्त अनुचित भएको धारणा राखेका थिए । उनीहरुले विश्वकपमा समेत फिफाले पुनविचार गर्नुपर्ने समेत धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न