ईजिप्टमा १० जना प्रत्यासीलाई राष्ट्रपतिको चुनाव लड्न रोक

३ बैशाख २०६९, आईतवार १५:०८ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । ईजिप्टमा राष्ट्रपति पदका १० जना प्रत्याशीलाई चुनाव अधिकारीहरुले चुनावमा भाग लिन रोक लगाएका छन् । चुनावमा सहभागी हुनबाट वञ्चित हुनेमा पूर्व गुप्तचर विभाग प्रमुख ओमार सुलेमान, मुस्लिम ब्रदरहुडका खैरात अल सातेर, रुढीबादी नेता सलाफी हाजेम सलाह अबु ईस्माईल र प्रतिपक्षी नेता आयमन नुर लगायत छन् । प्रतिबन्ध लागेका हरुलाई अपिलका लागि ४८ घण्टाको समय दिईएको छ । निर्वाचन आयोगले समर्थकको पर्याप्त हस्ताक्षर नभएको, अभिभावकले अमेरिकाको नागरिकता लिएको, आपराधिक गतिविधिमा संलग्न रहेको लगायतका कारणले निर्वाचनमा भाग लिन अयोग्य ठहर गरिएको बताएको छ । ईजिप्टमा पूर्व राष्ट्रपति होस्नी मुबारक सत्ताच्यूत भएको झण्डै एक वर्षपछि राष्ट्रपतीय चुनाव हुन लागेको हो । पहिलो चरणको चुनाव आउँदो महिनामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काबुल । अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो

एजेन्सी/ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन् । अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा रहेका

सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका

यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।उक्त निकायका अनुसार यसवर्ष