एनआरएन प्रवक्तामा अष्ट्रेलियाका मन केसी मनोनित

९ कार्तिक २०७०, शनिबार ०२:३९ मा प्रकाशित

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् एनआरएनको प्रवक्तामा अष्ट्रेलियाका मन केसी मनोनयन गरिएका छन् । एनआरएनको नवनिर्वाचित कार्यसमितिको शुक्रबार काठमाण्डौमा बसेको पहिलो वैठकले एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसीलाई आईसीसी प्रवक्तामा नियुक्त गरेको हो ।नवनिर्वाचित अध्यक्ष शेष घलेले केसीलाई प्रवक्तामा नियुक्त गर्ने प्रस्ताव वैठकमा पेश गरेका थिए जसलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । यसअघि जीवा लामिछानेको कार्यकालमा बेलायतका डा. हेमराज शर्माले प्रवक्ताको रुपमा काम गरेका थिए भने त्यसअघि देवमान हिराचनको कार्यकालमा डा. कुमार बस्नेत र उपेन्द्र महतोको कार्यकालमा डा. जुगल भूर्तेलले प्रवक्ताको जिम्मेवारी निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र