अमेरिकाद्धारा स्पेनका नेताहरुको कल रेकर्ड गरेको खुलासा

८ कार्तिक २०७०, शुक्रबार २१:१६ मा प्रकाशित

काठमाडौ, ८ कार्तिक । अमेरिकामालाई विभिन्न देशका राष्ट्र प्रमुखहरुको फोन कल रेकर्ड गरेको आरोप लागिरहेका बेला अमेरिकाकै भगौडा पूर्व जासुसी अधिकारी एडवार्ड स्नोडेनले थप रहस्य सार्वजनिक गरेका छन् । स्नोडेनले विश्वका शक्तिशाली ३५ नेताहरुको फोन अमेरिकाको राष्ट्रिय सुरक्षा जाँच एजेन्सी एनएसएले रेकर्ड गरिरहेको सार्वजनिक गरेका हुन् । मंगलबार फ्रान्सले अमेरिकामाथि फोन कल रेकर्ड गरेको आरोप लगाएको थियो भने बुधबार जर्मनीले पनि अमेरिकामाथि सोहि आरोप लगाएको थियो । अमेरिकी अनुसन्धान एजेन्सीका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि विदेशमा लुकेर बसेका पूर्व अधिकारी स्नोडनले विश्वका पैँतिस प्रभावशाली नेताहरुको फोन कल रेकर्ड भैरहेको खुृलासा गरेपछि धेरै देश अमेरिकासंग आक्रोशित बनेका छन् । उता ओबामा प्रशासनले भने जासुसी नगरेको स्पष्टीकरण दिईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा