सेक्समा माया हुनुपर्छ: पूजा शर्मा

८ कार्तिक २०७०, शुक्रबार २१:१२ मा प्रकाशित

फिल्म ‘थ्री लभर्स’ मार्फत ठूलो पर्दामा पहिलो पटक झुल्किएकी पूजा शर्मा प्रदर्शनरत फिल्म ‘मधुमास’मा हिरोइन भएकी छिन् । निर्देशक सुदर्शन थापा निर्देशित फिल्ममा पूजाले कलेज गर्लदेखि हाउस वाइफसम्मको रोल निभाएकी छिन् । पूजाको अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् । फिल्मलाई दर्शकले मन पराउनेमा ढुक्क रहेकी पूजा शर्मासँग फिल्मीखबरले हट टक गरेको छ :

सेक्स बारे तपाईको धारणा ?
दुई आत्माको मिलन ।

सेक्सलाई संस्कारले बाध्न मिल्छ ?
संस्कार आफ्नो ठाउँमा छ । तर, प्रेमी बिचको सेक्समा आपत्ती जनाउन आवश्यक छैन । सेक्समा प्रेम हुन आवश्यक छ ।

को देख्दा सेक्स डिजायर बढ्छ ?
देख्दै सेक्स डिजायर बढ्ने कोही भेटेकी छैन । म शाहरुख खानको डाइहार्ट फ्यान हुँ ।

तपाईको रोजाइमा प्रेमी ?
विश्वास र माया गर्ने हुनुपर्छ ।

पुरुषको कुन पक्ष आकर्षक लाग्छ ?
मिठो बोल्ने पुरुष आकर्षक लाग्छन् ।

पुरुषको मन नपर्ने पक्ष ?
झर्केर बोल्ने र मै हुँ भन्ने पुरुष मन पर्दैनन् ।

अहिलेसम्मकै अविस्मरणीय प्रेम प्रपोजल ?
एसएलसी दिंदा एक जना पागल प्रेमीले छातीमा सिसाले काटेका थिए । अहिले कहाँ छन् थाहा छैन ।

प्रेम पाउन तपाईले गरेका कुनै हर्कत ?
मलाई आफ्नो शरीर प्यारो लाग्छ । प्रेममा अहिलेसम्म हर्कत गरेकी छैन ।

परिवार संख्याको योजना बनाउनु भएको छ ?
म घरकी एक्ली छोरी हुँ । बढीमा २ सन्तान जन्माउँछु ।

आफु राम्री छु जस्तो लाग्छ ?
ऐना हेर्ला नराम्री लाग्छ । तर, अरुले राम्री छौ भन्दा खुसी हुन्छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित