वेस्ट युनाइटेडलाई उपाधि

८ कार्तिक २०७०, शुक्रबार ०१:३५ मा प्रकाशित

सिडनी । प्यासेफीक ओपन सिक्स ए साइड क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट युनाइटेड क्लबले जितेको छ । नेपाल क्रिकेट संघ अस्ट्रेलियाको आयोजनामा सिडनीको लिडकममा सम्पन्न फाइनलमा वेस्ट युनाइटेड क्लबले वारियर्स क्रिकेट क्लबलाई हराउँदै उपाधि जितेको हो । पहिलो ब्याटिङ गरेको वारियर्सले छ ओभरमा कुल ७० रन जोडेको थियो। प्रतिउत्तरमा वेस्ट युनाइटेडले ५ ओभरमा ७१ रन जोड्दै सुपर सिक्स उपाधि माथि कब्जा जमाएको हो । वारियर्सका अरुणलेवले १५ रन ,निरज्न श्रेष्ठले ११ रन र नुर थापाले ११ रन जोडेको थिए भने वेस्ट युनाइटेड क्लबका कृतनले ३६ रन, बिश्वले १४ र रेमनले ९ रन बनाउदै टोलीको जित सुनिश्चित पारेका थिए । आयोजक मध्येका एक अजय खत्रीले सुपरसिक्स सकिय लगत्तै अर्को हप्तादेखि एक दिवसिय लिग क्रिकेट हुने जानकारी गराए ।प्यासेफीक सुपर सिक्समा ६ वटा क्लबको सहभागिता रहेको थियो। यस्तै एक दिवसिय क्रिकेटमा भने ६ वटा टिमको लिग कम नक आउटका आधारमा खेल हुने छ । प्रतियोगिता अवन मैदानमा हुने अजयले बताए । प्रतियोगिताका विजेता खेलाडीलाई प्यासेफीक कलेजका निर्देशक प्रदिप ढकाल तथा समाजसेवी नारायण प्रधानले पदक,ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगितामा नेपाली क्रिकेटमा चिनिएका धिरज ज्ञवाली, आकाश अधिकारी,अनिल अमात्य लगायतका खेलाडीको समेत उपस्थीती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न