कांग्रेसले दुई तिहाई मत ल्याउँछ : कोइराला

७ कार्तिक २०७०, बिहीबार १९:५६ मा प्रकाशित

चितवन, ७ कार्तिक । कांग्रेस सभापति सुशिल कोइरालाले आगामी संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । बिहीवार चितवनमा संचारकर्मिहरुसंग कुरा गर्दै जनमत प्रजातन्त्रको पक्षमा देखिएकाले काँग्रेसले दुई तिहाई मत ल्याउने दाबी गरेका हुन् । काँग्रेस सभापति कोइरालाले भने, ‘प्रजातन्त्रको पक्षमा पक्षमा जनलहर बढेको छ । कांग्रेस लोकतन्त्रको पक्षमा लडेको पार्टी हो त्यसैले दुई तिहाई मत ल्याउने छ ।’ उनले संविधानसभा निर्वाचन सम्पन्न भएको एकबर्ष भित्रमा संविधान जारी गर्ने दाबी समेत गरे । सभापति कोइरालाले कांग्रेसको चुनावी एजेण्डा भनेको शान्ति स्थायित्व, लोकतन्त्रको संस्थागत गर्ने र विकासको सुरुवात गर्ने रहेको बताए । चितवन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका कोईराला चुनाव प्रचार प्रसारको क्रममा चितवन आएका हुन् । चितवनको भरतपुर विमानस्थल पुगेका सयौं कांग्रेस कार्यकर्ताले माला लगाएर कोइरालाको स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत