बाबुराम भट्टराईको चुनाब प्रचारमा हिडेको गाडीमाथि आगजनी

७ कार्तिक २०७०, बिहीबार १९:४३ मा प्रकाशित

काठमाडौ, ७ कार्तिक । संबिधानसभा निर्वाचन बहिस्कार अभियानमा रहेको नेकपा–माओवादीका कार्यकर्ताहरुले रुपन्देही जिल्लामा पनि आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ । नेकपा–माओवादीका कार्यकर्ताहरुले रुपन्देही एकीकृत नेकपा माओवादीका बरीष्ठ नेता तथा पुर्ब प्रधानमन्त्रि डा.बाबुराम भट्टराईको चुनाब प्रचार प्रसारमा हिडेको गाडीमा आगजनि गरेका छन् भने रुपन्देही क्षेत्रनं १ मा निर्वाचन सामाग्रि जलाएका छन् । माओवादी कार्यकर्ताहरुले बुधबार अपरान्ह डा.बाबुराम भट्टराईको रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मुर्गीयामा ग १ च ५१४५ नम्बरको बलेरो जिपमा आगजनि गरेका हुन् ।
घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेकाले गाडीमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख बिक्रम सिं थापाले बताए ।
त्यसैगरी नेकपा–माओवादीका कार्यकर्ताहरुले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पट्खौलीमा निर्वाचन आयोगको सामाग्रि नियन्त्रणमा लिएर जलाएका छन ।
बाबुराम भट्टराईको चुनाब प्रचार प्रसारमा हिडेको गाडीमा आगजनि गरेको अभियोगमा नेकपा–माओवादीका जिल्ला कमिटी सदस्य दिपक थापा र गाउँ कमिटी सदस्य खिमानन्द पौडेल(बिकास)लाई प्रहरीले पक्राउ गरेको छ भने उनिहरुले प्रयोग गरेको लु १५ प ११०२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
निर्वाचन सामाग्रि जलाएको अभियोगमा बर्कल मुसलमान र केशब यादबलाई पनि प्रहरीले रुपन्देहीको धकधहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भट्टराई चुनाब प्रचार प्रसारको क्रममा बुधबार बेलुका देखी बुटवल र आसपासको क्षेत्रमा ब्यस्त छन् ।
घटना पछी प्रहरीले जिल्लाको सुरक्षा सतर्कता बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर