वैद्य माओवादीलाई निर्वाचन पछि पनि सहमतिमा ल्याउन सकिन्छः देउवा

६ कार्तिक २०७०, बुधबार २२:४० मा प्रकाशित

कैलाली, ६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादीलाई निर्वाचनपछि पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्न सकिने बताउनुभएको छ । कैलाली क्षेत्र नम्बर ६ का उम्मेद्वार समेत रहनुभएका देउवाले कैलालीको गेटा विमानस्थलमा पत्रकारहरुसंग यस्तो बताउनुभएको हो । नेकपा माओवादी (वैद्य) समूहलाई सहमतिमा ल्याउनका लागि संविधानसभामा मनोनित गर्ने २६ जनाभित्र समेटन सकिने र आवश्यक परे अन्य विशेष व्यवस्था गर्न तयार रहेको देउवाले बताउनुभयो । मुलुक अव निर्वाचनबाट पछाडी फर्कन नसक्ने भएकाले निर्वाचन पछिपनि वैद्य समूहलाई सहमतिमा ल्याउन प्रयास गरिने उहांको भनाइ थियो । देउवा कैलाली क्षेत्र नं.६ बाट उम्मेदवार भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी