मुग्लिनमा रात्रि बस दुर्घटनाग्रस्त, ५ को मृत्यु, २२ घाइते

६ कार्तिक २०७०, बुधबार १०:५९ मा प्रकाशित

काठमाडौँ, ६ कार्तिक । धरानबाट काठमाडौं आउँदै गरेको बा २ ख ९८८७ नम्बरको साई सफारी डिलक्स बस मुग्लिनस्थित खहरे खोलाबाट त्रिशुली नदीमा खस्दा ५ जनाको ज्यान ज्यान जानुको साथै २२ जना घाइते भएका छन् । बसमा च्यापिएको अबस्थामा एक महिलाको शब निकालिएको छ भने थप ४ जनाको शव च्यापिएको अबस्थामा रहेकाले निकाल्ने काम भईरहेको शसस्त्र प्रहरीले जानकारी दिएको छ । बस खहरे पुलबाट करिव ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो। बसमा सवार यात्रुको संख्या नखुलेकाले केही यात्रुलाई नदीले बगाएको आशंका प्रहरीले गरेको छ। बसका चालक र सहचालक प्रहरी सम्पर्कमा आएका छैनन् । उद्दार गरिएका घाईतेहरुको कुरिनटार र भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि पठाईएको छ । दुर्घट्नाको कारण खुल्न नसेको र शसस्त्र,नेपाल प्रहरी,नेपाली सेना र स्थानीयले उद्दार कार्य जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो