असनाको काठसहित दुई ट्याक्टर पक्राउ

३ बैशाख २०६९, आईतवार ११:४६ मा प्रकाशित

कोहलपुर, ३ बैशाख । ईलाका वन कार्यलय कोहलपुरले असनाको काठ सहित २ ओटा ट्याक्टर पक्राउ गरेको छ ।  बानियाभारमा रहेको नवप्रतिभा सामुदायिक वनबाट ल्याईएको काठ भनिए पनि उक्त काठ अबैध भएको ईलाका वन कार्यलय कोहलपुरका फोरेष्टर दिप बहादुर शाहिले बताउनुभयो । २ ओटा ट्याक्टरमा २ ओटा गोलिया सहित उक्त काठ बरामत गरिएको उहाँको भनाई छ। भे १ त १९३९ नम्बरको ट्याक्टरबाट ७५ क्युफिटको असनाको  १ थान गोलीया र  लु १ त ३५१२ नमबरको ट्याक्टरबाट ९८दशमलव ३१ क्युफिटको १ थान असनाको गोलिया सहित ३ जनालाई पक्राऊ गरिएको ईलाका वन कार्यलय कोहलपुरले जनाएको छ।  पक्राउ पर्नेहरुमा ट्याक्टर चालक कोहलपुर रझेनाका अर्जुन थारु, करण चौधरी र मोहन चौधरीलाई जिल्ला वन कार्यलय नेपालगञ्जमा राखिएको छ भने ट्याक्टर र काठलाई ईलाका वन कार्यलय कोहलपुरमा राखिएको  ईलाका वन कार्यलय कोहलपुरका अर्का फोरेष्टर मान बहादुर थापाले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको