आईजीपी बन्ने पार्वती थापाको योजना असफल हुदै

६ कार्तिक २०७०, बुधबार ०३:०९ मा प्रकाशित

काठमाडौँ, ६ कार्तिक ।  काठमाडौँ, ६ कार्तिक । नेपाल प्रहरीको नेतृत्वमा पहिलो पटक महिला प्रहरी नायव महानिरीक्षक बन्ने पार्वती थापाको योजना सरकारले आईजीपी कुबेर सिंह रानाको म्याद थप गर्ने तयारी गरेपछि असफल हुने भएको छ । प्रहरी नायव महानिरीक्षक पार्वती थापा वरिष्ठताका हिसाबले अगाडि रहेको तर सरकारले भने रानाको समयावधि थपेर अर्कै व्यक्तिलाई बनाउन खोजेपछि पार्वती थापाको योजना असफल बन्ने भएको हो । उक्त पदमा बढुवा हुने ब्यक्ति एकमहिनापछि प्रहरी महानिरीक्षक तथा संगठनको नेतृत्व सम्हाल्न सक्ने भएकाले अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि डिआइजीपीहरुबीच प्रतिष्पर्धा चलेको हो । सो पदका प्रत्यासीहरुमध्ये नायव महानिरीक्षकद्वय पार्वती थापा मगर र विमला थापा शर्मा अग्रस्थानमा छन्  ।

अन्य समकक्षीहरुभन्दा बरिष्ठ र महिला भएर पनि सक्षम रहेकाले आफूले नै संगठनको नेतृत्व सम्हाल्न पाउनुपर्ने दावी गर्दै आएकी डिआइजी पार्वती थापाको  एआइजी बढुवाको प्रतिष्पर्धामा रहेकाहरु मध्ये आफू र विमला ११ महिना बरिष्ठ भएको दावी छ  ।
उहाँ भन्नुहुन्छ, मलाई कसैको दयाधर्म होइन,अवसर चाहिएको छ । प्रहरी संगठनको नेत्तृत्व सम्हाल्ने अवसरबाट सुनियोजित ढंगले कसैलाई पनि बञ्चित गरिनु हुदैन ।
डिआइजी उपेन्द्रकान्त अर्याल, राजेन्द्र भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केशव अधिकारी, शुशिलबर सिंह थापा र गणेशराज राई लगायतका समकक्षीलाई पछि पार्दै पार्वती र विमला ११ महिना अगाडि डिआइजीमा बढुवा भएका थिए ।
प्रहरीको ३० वर्षे सेवाअवधिका कारण माघ महिनाको पहिलो साता अनिवार्य अवकास पाउने पार्वती र विमलामध्ये एकजना महिलालाई रिक्त एआइजी पदमा बढुवा गर्नु पर्ने माग महिला अधिकारकर्मीहरुको छ । पार्वती संगठन प्रमुखमा नियुक्त हुनुभयो भने समयअवधि जम्मा साढे दुई महिनाको मात्र हुने छ ।
महिला प्रहरी अधिकृतहरुलाई प्रहरी संगठन प्रमुखको नेतृत्व सम्हाल्ने अवसर दिनु पर्ने माग सहित महिला अधिकारकर्मीहरु सक्रिय रुपमा लागिपरेका छन् ।
यही महिनाको अन्तिम साता महानिरीक्षक कुवेरसिंह राना सहित एआइजीपीले अवकास पाउनुहुने छ । यता, रिक्त एआइजी पदमा बढुवाका लागि दुईजना डिआइजीको नाम सिफारिस गरी गृह मन्त्रालय पठाइएको वताइएको छ ।
तर, गृह मन्त्रालयले उक्त नामको विषयमा केही कुरा उल्लेख गरेको छैन । प्रहरी महानिरीक्षक राना मुलुक वाहिर भएकाले पनि अर्को सातापछिमात्र रिक्त एआइजी पद पूर्ति हुने बताइन्छ । एआइजी बढुवामा डिआइजी अर्याल र शाहको नाम समेत चर्चामा आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले