निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको नाम आज सार्वजनिक गर्दै

६ कार्तिक २०७०, बुधबार ०२:५५ मा प्रकाशित

काठमाडौँ, ६ कार्तिक । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले बुझाएको उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्दैछ । यस अघि समानुपातिकतर्फ उम्मेदवारी दिएका १ सय २२ दलहरूले पूर्वघोषित निर्वाचन कार्यक्रमअनुसार अन्तिम पटक मंगलबार नामावली संशोधन गरेका थिए । आयोगले दिएको जानकारीअनुसार असोज १७ मा बन्दसूची बुझाएका दलहरूमध्ये अधिकांशले उम्मेदवारहरूको नामावलीमा हेरफेर गरेका छन् । आयोगको मापदण्ड अनुसार बन्दसूचीमा ३० प्रतिशतभन्दा बढी उम्मेदवारी दिने दलहरूले दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र र खस-आर्य समुदायको कोटा मिलाउनुपर्ने भएकाले धेरै दलहरूलाई अप्ठ्यारो परेको हो । निर्वाचन कानुनमा उल्लिखित प्रतिशतअनुसारको कोटा नमिले सूची नै रद्द हुने भएकाले दलहरूको निर्णय अन्तिम समयमा पनि हेरफेर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय