संविधानसभा निर्वाचन सम्पन्न गर्न एनआरएनको भूमिका महत्वपूर्ण हुने: प्रचण्ड

५ कार्तिक २०७०, मंगलवार २०:५२ मा प्रकाशित

काठमाडौँ, ५ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचन सफल पार्न गैरआवासीय नेपाली (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सो पार्टी सम्बद्ध गैरआवासीय नेपाली सङ्घ आबद्ध सदस्यलाई सम्बोधन गर्दै उहाँले निर्वाचन मुलुक र जनताका लागि भएकाले पूर्णरुपले सहयोग गर्न आग्रह गर्नुभयो ।
मुलुकलाई अगाडि बढाउनका लागि राजनीतिक स्थिरता र आर्थिक समृद्धि अपरिहार्य भएको भन्दै उहाँले भन्नुभयो,“ एमाओवादीको प्रमुख लक्ष्य मुलुकलाई समृद्ध राष्ट्र बनाउनु र जनतालाई सम्पन्न बनाउनु रहेको छ, यस पटकको निर्वाचनले त्यस दिशामा प्रमुख भूमिका खेल्छ भन्ने मलाई लागेको छ ।”
उहाँले पार्टीले केही दिन पहिले सार्वजनिक गरेको घोषणापत्रमा विदेशमा बसिरहेका नेपालीको सन्दर्भमा ठोस अवधारणा अगाडि सारेको छ भन्नुभयो ।
विदेशी भूमिमा सिकेको सीप, क्षमता र दक्षतालाई मुलुक निर्माणको लागि लगाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले मुलुकका लागि के दियौँ भन्ने ढङ्गले सोच्नु पर्यो  र सोहीअनुसारको व्यवहार पनि देखाउनु पर्यो  ।”
मुलुकलाई राजनीतिक रुपमा स्थिर र आर्थिकरुपमा सबल बनाउन सकियो भने विदेशी भूमिमा गइराख्नु पर्ने बाध्यता नरहनेमा जोड दिँदै अध्यक्ष दाहालले आगामी ४ गते हुन लागेको संविधानसभा निर्वाचन मुलुकका लागि अन्तिम निर्वाचन भएको बताउनुभयो ।
गैरआवासीय नेपालीको भावना र चाहनालाई सम्मान गर्ने दिशामा पार्टी पूर्णरुपमा प्रतिबद्ध भएर लागेकोमा जोड दिँदै उहाँले आफ्ना घर परिवार, गाउँ, छिमेक र टोलमा निर्वाचनको पक्षमा माहोल खडा गर्नेतर्फ सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपालीका तर्फबाट मध्यपूर्वी एसियाका प्रतिनिधि चन्द्र रोका, जापानका अरुण श्रेष्ठलगायतले गैरआवासीय नेपालीको भूमिका र पार्टीले खेल्नुपर्ने भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एमाओवादीका विदेश विभाग प्रमुख दीनानाथ शर्माले राष्ट्रिय आवश्यकता र चाहनाअनुरुप काम गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी