छोटी भन्सार सञ्चालनमा नआउँदा राजश्व गुम्दै

३ बैशाख २०६९, आईतवार ११:४५ मा प्रकाशित

रौतहट, ३ बैशाख । माओवादी जनयुद्धका बेला कर्मचारी हटाएका कारण ती छोटी भन्सार कार्यालय रहेका भवनहरु समेत जिर्ण बन्दै गएका छन् । भारतको बिहार राज्यसंग सिमा जोडिएको रौतहटको बंकुल बजारमा रहेको छोटी भन्सार कार्यालय संचालनमा आउन नसक्दा सरकारको लाखांै राजश्व गुमेको छ । माओवादी युद्धका बेला हटाईएको सो भन्सार कार्यालय पुनःस्थापना नहँुदा सो नाका भएर दैनिक ठुलो परिणाममा भरतीय सामानहरु सहजै रौतहट छिर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । गौर नाका भएर रौतहट छिर्दा भारतीय गाडीले भन्सार काट्नु पर्ने भएपछि रौतहट जिल्लाका बिभिन्न स्थानमा भाडामा चल्ने भारतीय नम्बरका गाडीहरु समेत सोही नाका भएर रौतहका ग्रामीण भेगमा छिर्ने गरेको स्थानीय बासिन्दा आदर्श उपाध्यायले जानकारी दिनु भयो । छोटी भन्सारमा कर्मचारी नबसेका कारण सो नाका भएर चामल, मलखाद, गाडीका पार्ट्स सहजै भन्सार नतिरी रौतहटका बजारमा आइपुग्ने  गरेको छ । रौतहटमा पर्ने एक दर्जन छोटी भन्सारबाट माओवादी जनयुद्धका बेला कर्मचारी हटाएका कारण ती छोटी भन्सार कार्यालय रहेका भवनहरु समेत जिर्ण बन्दै गएका छन् । गौर भन्सार कार्यालयले ती स्थानमा कार्यालय पुन स्थापना गर्नका लागि मन्त्री स्तरीय निर्णय हुने पर्ने र त्यसका लागि आफुहरुले लेखेर पठाएको जानकारी दिएको
छ । यता, भारतबाट ठूलो परिणाममा भन्सार छलेर सुर्ती आयात गर्दा नेपाल सरकारले
दैनिक ठुलो परिणाममा राजश्व गुमाउदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड