सेना परिचालन स्वाभाभिक: कमल थापा

५ कार्तिक २०७०, मंगलवार २०:४२ मा प्रकाशित

पोखरा, ५ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावमा सेना परिचालन गर्नु सामान्य भएको वताउनु भएको छ । पोखरामा आज पत्रकारसँग कुरा गर्दै उहाँले २०६४ सालको निवाचनमा बाहेक अन्य निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेना परिचाल भएको हुँदा अहिले सेना परिचालन हुँदैमा कुनै शक्ति डराउनु नपर्ने बताउनु भयो । उहाँले बैध माओवादीलाई निर्वाचनबाट बाहिर राख्न ठूला दल र विदेशी शक्तिको हात भएको हुँदा चुनावमा विरोध गर्नु माओवादीले विरोध गर्ने स्वाभिविक भएको बताउनु भयो । गाउँ–गाउँ भएका उमेदावारहरुलाई उनीहरुले रोक्छन् भने त्यसको सुरक्षा सरकारले दिनुपर्छ ।  केही मिडियाहरले अतिरजित गरी प्रमुख दललाई बाहेक अन्य दलले विकल्प दिदैनन् भन्नु आपत्तिजनक भएको बताउनु भयो । उहाँले विगतमा ठूला भनैदाँ दलकै कारण संविधान नबनेको हुँदा ती दलको विकल्पमा नेपाली जनताहरुले राप्रपा नेपाललाई जिताउन आग्रह गर्नु भयो । देशमा दुई वटा विकल्प बाहेक अन्य विकल्प नभएको हुँदा केही दल र केही मिडियाहरुले राप्रपा नेपालका बारेमा अतिरजित गर्नु भनेको प्रजातन्त्रकै खिल्ली उडाउनु हो । अबको निर्वाचनबाट समानउपात्तिक तर्फ सबैभन्दा ठूलो दल राप्रपा नेपाल हुने दावीसमेत गर्नुभयो । जातिय आधारमा राज्य बनाउदै हिँडछु भन्ने दलहरुको कुरा कहिल्यै पूरा नहुने समेत बताउनु भयो । राष्ट्रिय एकताका लागि मेचीमहाकाली रथयात्राका क्रममा गोरखाबाट निस्केको टोली आज पोखराबाट स्याङजा, पाल्पा हुँदै बुटबल गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्