एनआरएन नेतृत्वका लागि तिब्र प्रतिष्पर्धा

३ कार्तिक २०७०, आईतवार १०:१८ मा प्रकाशित

काठमाडौ, ३ कार्तिक । राजधानीमा जारी गैरआवासीय नेपाली संघको छठौ सम्मेलनमा आगामी कार्यकालको नेतृत्वका लागि चर्को प्रतिस्पर्धा सुरु भएको छ । बिगतको परम्परा तोड्दै सम्मेलनमा अध्यक्षका पाँच प्रत्यासी मध्य संरक्षक रामप्रताप थापा र उपाध्यक्ष हितमान गुरुङ बाहेकका उम्मेदबार मुख्य राजनीतिक दलको समर्थन सहित निर्वाचनको तयारीमा जुटेका छन् । अध्यक्षका पाँच प्रत्यासीहरुमा एनआरएन संरक्षक रामप्रताप थापा, वर्तमान महासचिव तेन्जी शेर्पा, अष्ट्रेलियाका शेष घले र वर्तमान उपाध्यक्षद्वय रामेश्वर शाह र हितमान गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । पहिलो पल्ट उम्मेदबारहरु मुख्य राजनीतिक दलको समर्थन सहित निर्वाचनको तयारीमा जुटेको कारण सहमतिको सम्भावना क्षीण हुदै गएको छ भने पहिलोपटक एनआरएनमा नेतृत्वका लागि निर्वाचन हुने निश्चित छ । निर्वाचन दिउँसो २ बजेपछि सोल्टी होटलमा हुदैछ । अध्यक्षका पाँच प्रत्यासी मध्य संरक्षक रामप्रताप थापा र हितमान गुरुङ बाहेकका उम्मेदबारहरु मध्य शेष घलेलाई एमाओवादीले, तेन्जी शेर्पालाई एमालेले, रामेश्वर शाहलाई कांग्रेसले समर्थन गरेको छ । संघ भित्रै पनि एनआरएन संरक्षक उपेन्द्र महतोको समर्थन शाहलाई छ भने वर्तमान अध्यक्ष जीवा लामिछानेको समर्थन घलेलाई छ भने पूर्वअध्यक्ष देवमान हिराचनको समर्थन शेर्पालाई । उपाध्यक्षमा टीबी कार्की, भवन भट्ट, राजु ढकाल, नरेन्द्र भाट, तेम्बा गेल्बु शेर्पा, विश्वआदर्श पण्डित, प्रल्हाद केसी र भवानीप्रसाद ओली भिड्दै छन् । महासचिवमा राजन कँडेल र कुमार पन्त प्रतिस्पर्धा गर्दै छन् भने सचिवका लागि रञ्जु थापा, पुष्प तिम्सिना, डा. सुदीप अधिकारी, श्यामबहादुर तामाङ, रामचन्द्र खरेल र डा. विनोद शाह उम्मेदबार बनेका छन् । कोषाध्यक्षमा अरुण श्रेष्ठ र बद्रि केसी प्रतिस्पर्धामा उत्रेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको