गाँठो बाँधेर राख्नुहोस जेठ १४ अघि कांगे्रस नेतृत्वको सरकार

३ बैशाख २०६९, आईतवार ११:२५ मा प्रकाशित

डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य नेपाली कांगे्रस
० समायोजन प्रकृया सबैमा सहमति बनेको हो ?
– सहमति भयो, स्वेक्षिक अवकासको प्रकृया सुरु भइसकेको छ । त्यो आजभोलिमै सकिन्छ । पर्सीदेखि विशेष समितिले तोकेको स्थानमा लडाकूहरुलाई पठाएर समायोजनको प्रकृया आरम्भ गर्न सकिन्छ ।
० यो प्रकृया कहिलेसम्म सकिएला ?
– समायोजनमा जान चाहनेको छनोट प्रकृया आरम्भ हुन्छ । चार हजार भयो भने उनीहरुलाई अन्तर्वार्ता लिएर पद निर्धारण गर्ने कुरा हो । त्यत्तातिर हामीले ध्यान दिनु पर्दैन । नेपाली सेना, लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्य भनेको छ, अथवा अन्य दर्जाका लागि नेपाली सेनाको तृतीय श्रेणीको अधिकृत भनिएको छ । कुनै समस्या आयो भने त्यसलाई मिलाउन सामान्य निर्णय गर्नुपर्ला । संख्या निधारण भइसकेपछि केही निर्णय गर्नुपर्ने आवश्यकता पर्ला ।
० महानिर्देशनालयको अन्तिम निर्णय कहिलेसम्म गर्नुहुन्छ ?
– आज र भोलिसम्ममा स्वच्छिक अवकासको काम सकिएला । जति चाडो लडाकूलाई समायोजन केन्द्रमा पु¥याउन सकिन्छ, त्यत्ति चाँडो काम सुरु गरे हुन्छ ।
० नेपाली राजनीतिमा बे्रकथ्रु भयो ?
– संघीय गणतान्त्रिक संविधान लेख्नलाई हामीसँग अब ४० दिनजति बाँकी छ । त्यो काममा पूरै ध्यान लगाउन पाइयो ।
० संविधान लेखनका लागि के के गर्दै हुनुहुन्छ ?
– काम पहिलेदेखि पनि भइरहेकै हो । केही विषयमा विवाद छन्, ती विवाद निरुपण गर्ने काम आजैदेखि सुरु हुन्छ ।
० शान्ति प्रकृया अघि बढेपछि कुनै विषयमा विवाद छैन हो ?
– केही विषयमा मतभेद बाँकी छ । यति कम समय बाँकी रहँदा हामी विवाद निरुपण गर्न सक्छौं भन्ने विश्वास छ ।
० शीर्ष नेताको गोप्यवास आजदेखि अरे नि हो ?
– गोप्य कुरोको जवाफ दिन मिलेन ।
० डा. भट्टराईको नेतृत्वमा कांगे्रस सरकारमा जाने भयो ?
– त्यो निर्णय भइसकेको छैन । त्यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
० कांगे्रस कहिलेसम्म सरकारमा जान्छ ?
– त्यो थाहा छैन, पार्टीले निर्णय गरेको छैन । तर मैले त्यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न मात्र भनेको हुँ । एउटा कुरा पक्का के हो भने जेठ १४ भन्दा अघि नै नेपाली कांगे्रसको नेतृत्वमा सरकार बन्छ ।
० डा भट्टराईको नेतृत्वको सरकारमा गएपछि फेरि कांगे्रसको नेतृत्वमा कसरी अर्को सरकार बन्छ ?
– नेपाली कांगे्रसको नेतृत्वमा रहेको राष्ट्रिय सरकारले गर्छ । यस विषयमा कुनै विवाद छैन । गाँठो बाँधेर राख्नुहोस् नेपाली कांगे्रसको नेतृत्वको सरकारले संविधान जारी गर्छ ।
० डा. भट्टराईको सरकारमा एमाले नजाने अरे नि ?
– हामी दुई कुराको सीमामा बाँधिएका छौं । नेपाली कांगे्रसको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ, जसलाई हामी छोड्न सक्दैनौं । दोस्रो कुरा शान्ति प्रकृया उल्टिन नसक्ने ठाउँमा पुगेपछि माओवादी नेतृत्व हामीलाई स्वीकार हुनसक्छ भनेर हामीले विगत दुई वर्षअघिदेखि भन्दै आएका हौं । यी दुई कुराको बीचमा हामीले सन्तुलन खोजी गर्नुपर्छ ।
० कांगे्रसबाट कसले नेतृत्व गर्छ ?
– त्यसबारेमा विवाद खोज्नु उचित हुन्न । त्यसबारे पार्टीले सहजरुपमा निरुपण गर्छ । तीनजना पार्टीका नेता हुनुहुन्छ, उहाँहरुले नै समाधान निकाल्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको