फेस अफ प्युरिटीको फाइनलिष्टमा नेपाली नर्स

२ कार्तिक २०७०, शनिबार ०५:११ मा प्रकाशित

लन्डन । लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत नेपाली नर्स प्रसुना कंडेल ‘फेस अफ प्युरिटी २०१३’ व्युटी पेजेन्टको एडल्ट फाइनलिष्ट (टप टेन) भित्र पर्न सफल भएकी छिन् । मिस साइवरफेस यूकेले चौंथो पटक गर्न लागेको उक्त वृहत पेजेन्टमा सहभागी भएर टप टेनभित्र पर्ने उनी पहिलो नेपाली हुन् । उक्त पेजेन्टको अन्तिम प्रतिष्पर्धा आगामी शनिवार बेलायतको दि प्रिन्सेस् रोयल स्पोर्टस् कम्प्लेक्स् विलिङटन, सोमरसेटमा हुंदैछ । उक्त दिन टिन, जुनियर र मिनीबीच पनि प्रतिष्पर्धा गराइने कार्यक्रम छ । कंडेलले आफ्नो व्यक्तिगत सौन्दर्यता प्रदर्शन भन्दा पनि अन्तर्राष्टिय स्तरमा नेपाल र नेपालीको नाम उंचो राख्ने उद्देश्यले प्रतियोगितामा भाग लिएको जनाइन् । ‘म आफू राम्रो नराम्रो भन्दा पनि देशकै इज्जत बढाउन यसमा भाग लिएकी हुं’, उनले भनिन् । उनले फेसबुकको तल उल्लेखित लिंक भित्र गएर ‘लाइक’ गरि पव्लिक भोटिङ मार्फत मिस पिपुल्स् च्वाइस उपाधि जिताइदिन पनि अपिल गरेकी छिन् । यसमा भोटिङको समयसीमा यही शुक्रवारसम्म मात्र छ । प्रतियोगिता नजिकिंदै गर्दा झन् उत्साहित देखिएकी प्रसुनाले अन्तिम प्रतिष्पर्धा हुने दिन कार्यक्रम स्थलमा सहभागी भएर थप हौसला प्रदान गरिदिन सोमरसेटवासी नेपालीमा आग्रह समेत गरेकी छिन् । उक्त व्युटी पेजेन्टमा मिस च्यारिटी अवार्ड, मिस पिपुल्स् च्वाइस, मिस पव्लिसिटी, मिस फोटोजेनिक लगायत ९ विद्यामा उपाधि प्रदान गरिने छ । नेपलिज नर्सेस् एसोसिएसन यूकेकी महासचिव समेत रहेकी कंडेलले उपाधि जितेमा अक्सफाम च्यारिटीसंग मिलेर च्यारिटी काम गर्ने उद्घोष गरेकी छिन् । अक्सफामले नेपालसहित विश्वव्यापी रुपमा च्यारिटी काम गर्ने गर्छ । बेलायतको नेपाली समुदायमा परिचित प्रसुनाको सामाजिक काममा निरन्तर संलग्नता छ । कंडेललाई पिपुल्स् च्वाइसमा जिताउन तलको लिंक क्लिक गरि ‘लाइक’ गरिदिन हाम्रो आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव