संसारको तेस्रो उच्च हिमाल कंचनजंघा सूचीकरण गर्ने नेपाली प्रयास असफल

१ कार्तिक २०७०, शुक्रबार १९:३९ मा प्रकाशित

काठमाडौं, २ कार्तिक । संसारको तेस्रो उच्च हिमाल कंचनजंघा सहित थप पाँचवटा हिमाललाई विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाललाई सूचीकरण गर्ने नेपाली प्रयास असफल भएको छ । दुई छिमेकीहरु भारत र पाकिस्तानको कारण नेपालको नेपाली प्रयास असफल भएको हो । गत साता स्विट्जरल्याण्डमा भएको अन्तराष्ट्रिय पर्वतारोहण महासंघको वाषिर्क बैठकमा संसारको तेस्रो उच्च हिमाल कंचनजंघा सहित थप ५ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यताका लागि नेपालले प्रस्ताव गरेको थियो । तर, नेपालको प्रयासलाई चीन सकारात्मक भए पनि भारत र पाकिस्तानले समर्थन नगर्दा पाँचवटा नेपाली हिमाल सूचीकरणमा पार्ने प्रयास असफल रह्यो । नेपालले ८ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा सुचीकरण गराउने योजना बनाएका थप ५ वटा हिमाल मध्ये ३ वटा कंचनजंघा हिमाल श्रृंखलामै अवस्थित छन् । यीमध्ये दुईवटा नेपाल-भारत सीमामा पर्छन् भने अर्को एउटा नेपालकै भूभागमा पर्छ । थप दुई हिमाल नेपाल-चीन सीमाक्षेत्रस्थित ल्होत्से हिमाल क्षेत्रमा पर्छन् ।

नेपालले सूचीकरण गर्न प्रयास गरेकामध्ये सबैभन्दा अग्लो हिमाल यार्लुङ खाङ हो । कन्चनजंघा पश्चिम भनेर चिनिने यो हिमालको उचाइ ८ हजार ५ सय ५ मिटर रहेको छ । नेपालका ८ वटा हिमाल यसअघि नै विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा
नेपाली पक्षले नयाँ पाँच हिमाललाई सुचीकृत गर्ने विषयमा चीनको समर्थन हासिल गरिसकेको दाबी गरेको छ । विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार भारत र पाकिस्तान पनि यो विषयमा केही सकारात्मक छन् । तर, उनीहरुले यसलाई आफ्नो देशको पर्वतारोहण संघबाट अनुमोदन गराउन समय लाग्ने बताएकाले यो पटकको विश्व पर्वतारोहण महासंघको बैठकमा नेपालका थप हिमाल सूचीकृत हुन सकेनन् ।
विश्व पर्वतारोहण महासंघले अघिल्लो वर्ष विश्वमा ८ हजार मिटरभन्दा अग्ला थप हिमाल भएमा त्यसलाई खोजी गरी अन्तराष्ट्रिय मान्यता दिने परियोजना सुरु गरेको थियो । त्यस अन्तरगत नै नेपालले पाँचवटा र पाकिस्तानले एउटा हिमालको नाम अघि सारेका हुन् ।
विश्व पर्वतारोहण महासंघका अध्यक्ष पाइरे हम्बलेटका अनुसार चीन, भारत, नेपाल र पाकिस्तान जस्ता सम्बद्ध देशको राय र सुझाव नपाएकाले थप हिमाललाई सुचिकृत गर्न सम्भव नभएको हो । यो विषयमा नेपाल र चीनबाट निकै सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । भारत र पाकिस्तानका पर्वतारोहण संघले भने आफ्ना सरकारी अधिकारीसँग छलफल चलिरहेको भन्दै केही समय माग गरेका उनले जानकारी दिए ।
तर, भारत नेपाली हिमाललाई सुचीकृत गर्ने प्रक्रियामा सकारात्मक नबन्नुको स्वार्थ भने अर्कै रहेको बताइन्छ । खासगरी कञ्ंचनजंघाको भारततर्फ पर्ने भाग सिक्किमका नागरिकको लागि धार्मिक महत्वको भएकाले त्यसलाई नेपाली हिमालको रुपमा सुचीकरण गर्ने प्रक्रियामा भारतले अरुची देखाएको हो । सीमा क्षेत्रका हिमाललाई नेपाली हिमालको रुप्मा सुचिकरण गर्दा ती क्षेत्रमा पर्वतारोहणमा नेपाली नियन्त्रण हुने भएकाले भारतीय पक्षले यस विषय सकारात्मक नबनेको बताइन्छ ।
उता बैठकमा सहभागी पाकिस्तानी पर्वतारोहण संघ अलपाइन क्लबका पदाधिकारीले भने आफुहरुलाई यस विषयमा निर्णय गर्ने अधिकार नभएको बताए । पर्यटन मन्त्रालय प्रान्तिय सरकारमा निक्षेपण भएकाले अहिले संघीय सरकारलाई यस विषयमा निर्णयको अधिकार नभएको उनीहरुले बताए । अर्को बैठकसम्ममा आफुहरुले यस विषयमा निर्णय दिनसक्ने उनीहरुको भनाइ थियो । (बीबीसी विश्व सेवामा  नवीनसिंह खड्काको रिपोर्टमा आधारित)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो