एमाओवादीले भोट माग्ने नैतिक हक गुमाई सक्यो: एमाले नेता माधवकुमार नेपाल

१ कार्तिक २०७०, शुक्रबार १९:१४ मा प्रकाशित

काठमाडौं, १ कार्तिक । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले जनतामाझ भोट माग्ने नैतिक हक गुमाएको बताएका छन् । काठमाडौंको नाङ्लेभारेमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेता नेपालले एमाओवादीका कारण संविधानसभा विघटन भएको कारण उसले जनतामाझ भोट माग्ने नैतिक हक गुमाएको बताएका हुन् । उनले एमाओवादी जातीय दंगा भड्काउने, राष्ट्रिय एकता तोड्ने, सामाजिक सदभाव बिथोल्नेतर्फ उद्दत रहेको आरोप समेत लगाए । नेता नेपालले आफू प्रधानमन्त्री हुँदा नाङ्लेभारे, लप्सीफेदी, बज्रयोगिनी क्षेत्रमा छुट्याएको डेढ करोड रुपैयाँ माओवादी सरकारले रकमानन्तर गरेकोमा उनले आपत्ति जनाए । नेता नेपालले एमालेले सुरु गरेको बृद्धभत्तालाई मासिक एक हजार रुपैयाँ पुर्‍याउने र गाउँ बिकासका लागि दिइने रकम ५० लाख पुर्याउने प्रतिबद्दता समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका