दसैँ सकियो, आज कोजाग्रत पूर्णिमा

१ कार्तिक २०७०, शुक्रबार १९:०१ मा प्रकाशित

काठमाडौं, १ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमादेखि सकिदैछ । गत असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ भएको बडादसैँ आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले परिपूर्ण गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

यही विश्वासका कारण आज राति खासगरी हिन्दु सम्प्रदायका गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन्। दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा आज बिसर्जन गरिन्छ। आज कोजाग्रत पूर्णिमाको व्रत लिने र भोलिदेखि आकाशदीप बाल्नुपर्ने कुरा पञ्चाङ्गमा उल्लेख छ।
कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ। कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको