पद थमौती भएकी कतारको लागि नेपाली राजदुत शर्मा काठमाडौंमा

१ कार्तिक २०७०, शुक्रबार ०६:२२ मा प्रकाशित

काठमाडौं, १ कार्तिक । सर्वोच्च अदालतको अन्तरिम आदेशले पद थमौती भएकी कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मा सोमबार बिहान स्वदेश फर्केकी छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश लगत्तै कतारस्थित नेपाली दुताबासमा हाजिर हुन गएकी राजदुत मायाकुमारी शर्मालाई काठमाडौंबाट पत्र नआएको जानकारी दुताबासले दिएपछि उनि सोमबार बिहान स्वदेश फर्केकी हुन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले पद थमौती भए पछि नर्फकने अडानमा बसेकी राजदुत शर्मा आफुले काम गर्न नपाउने अवस्था देखेपछि स्वदेश फर्केकी हुन् । गएको शुक्रबार सर्वोच्च अदालतले राजदुत शर्माको बिषयमा अन्तिम फैसाला नभए सम्मका लागि हाल नयाँ राजदुत नियुक्ती नगर्न अन्तरीम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले सरकारलाई १५ दिनभित्र राजदुत शर्मालाई फिर्ता बोलाउनुको कारण देखाउ आदेश जारी गरेको थियो । सरकारले राजदुत शर्मालाई स्वदेश र्फकन १५ दिनको समय दिएको थियो । गैर कुटनीतिक क्रियाकलाप गरेको भन्दै असोज १० मा बसेको मन्त्रीपरिषदको बैठकले राजदुत शर्मालाई बर्खस्ती गरेको थियो । यसको जानकारी कतारस्थित परराष्ट्र मन्त्रालयमा सरकारले जानकारी दिइसकेको छ । यसबारे परराष्ट्र मन्त्रालयले औपचारीक प्रतिक्रिया केही बोलेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा