दिपीका र ईमरानलाई गोल्डेन बनाना

३ बैशाख २०६९, आईतवार १०:४२ मा प्रकाशित

बलिउडमा हिट र सुपरहिट फिल्मलाई पुरस्कार बाड्न तछाडमछाड नै हुने गर्दछ । तर बलिउडमा झुर एक्टिङ र झारपात फिल्मकालागी पनि पुरस्कार दिने गरिन्छ । गोल्डेन बनाना नामको यो पुरस्कारको चौथो  संस्करण भर्खरै सम्पन्न भएको छ । बलिउडका चकलेटी हिरो ईमरान खान र मादक हिरोईन दिपिका पादुकोणले सबैभन्दा झुर एक्टरको गोल्डेन बनाना अवार्ड पाएका छन् । ईमरानलाई मेरे ब्रदर कि दुल्हन र दिपिकालाई आरक्षण फिल्मका चरित्रका लागि अवार्ड दिईएको हो । त्यसैगरी बलिउडमा किङग उपमा पाएका शाहरुख खानको होम प्रोडक्सनको रा वनले झुर फिल्मको अवार्ड पाएको छ । यसका निर्देशक अनुभव सिन्हाले झुर डाईरेक्टरको उपाधी पाएका छन । राजबब्बरका छोरा प्रतिक बब्बरले झुर सह नायकको पुरस्कार पाए । सलमान खान अभिनित फिल्म बडिगार्डका गित बतेरी मेरी प्रेम कहानीले सबैभन्दा झर्को लाग्दो गीतको अवार्ड पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली