कमल थापाले गुहारे नरेन्द्र मोदी

२९ आश्विन २०७०, मंगलवार २०:४६ मा प्रकाशित

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गुजरातका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीका दावेदार नरेन्द्र मोदीसंग भेट गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भाजपा नेता मोदीसँग अहमदावादमा भेट गर्नुभएको हो । मोदीसँगको भेटमा थापाले दिपक्षीय सम्बन्धवारे छलफल भएको जानकारी सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गर्नु भएको छ । नेता थापाले मोदीसँगको भेटमाभएका छलफलका विषयलाई सार्वजनिक गरेका छैनन् ।संविधानसभाको चुनावको पूर्वसन्ध्यामा हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपा नेपालका अध्यक्ष थापाको भारतीय हिन्दुवादी राजनीतिक दलका कट्टर हिन्दुवादी नेता तथा प्रधानमन्त्री उमेद्वार मोदीसँगको भेटलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप