सन् फ्रान्सिस्कोमा कतारमा नेपालीहरुमाथी भएको श्रमशोषण बिरुद्ध प्रदर्शन

२९ आश्विन २०७०, मंगलवार २०:२४ मा प्रकाशित

बिष्णु गुरुङ, क्यालिफोर्निया, २९ असोज । कतारमा कार्यरत नेपाली श्रमिकमाथी भएको श्रम शोषणको बिरोधमा सन् फ्रान्सिस्कोमा बिरोध प्रदर्शन भएको छ । क्यालिफोर्निया बस्ने नेपालीहरुले आयोजना गरेको बिरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले नेपाली श्रमिकमाथीको शोषण बन्द गर, नो मोर डेथ, यदि निसाफ छैन भने फिफा पनि छैन भन्ने नारा सहित सन फ्रान्सिस्को शहरमा शान्तिपूर्ण नारा जुलुस र सभाको आयोजना गरेका हुन । प्रदर्शनकारीहरुले १५ हजार जनाको डिजिटल हस्ताक्षर पुर्याई सकेका छन् भने १ लाख निबेदन पुर्याउने लक्ष्य लिएका छन् । प्रदर्शंकरिहरुका अनुसार संयुक्त राष्ट्रसंघका लागि कतारको स्थाई नियोगमा शान्तिपूर्ण नाराजुलुस सहित ध्यानाकर्षण पत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । कतारमा काम गर्ने सम्पूर्ण कामदारहरुलाई मानबीय आधारमा काम गर्ने अवस्थाको ब्याबस्था गर्न, कामदारहरुले उनिहरुले चाहेको बेलामा काम छोड्न पाउने सुबिधा दिन, कामदारहरुलाई उचित र जिउन सक्ने तहको ज्याला प्रदान गर्न, कामदारको कार्य क्षेत्रमा सुरक्षा ब्याबस्था अपनाउन, कामदारहरुको तलब रोकेर नराख्न र समयमा भुक्तान गर्न तथा कामदारहरुको पासपोर्ट खोसेर मालिकले नराख्न र कतारमा कार्यरत नेपाली श्रमिकको पक्षमा प्रदर्शन गरेका आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका