बडा दशैंको मूख्य आकर्षण टीका झरीमै बित्ने भो

२८ आश्विन २०७०, सोमबार ०८:३० मा प्रकाशित

काठमाडौं, २८ असोज । बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण नेपालीहरुको महान चाड बडा दशैंको नबौ दिन महाअष्टमी देखि सुरु भएको झरीले बडा दशैंको मूख्य दिन टीका लाई समेत प्रभाव पारेको छ । ‘फाइलिन आँधीको प्रभाव बढिरहेकोले देशभर आज बिहानै देखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारदेखि क्रमिक सुधार आउने छ । महाशाखाका अनुसार महाअष्टमीको दिन देखि सुरु भएको वर्षा मङ्गलबारसम्म जारी रहने छ । मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ आँधीबेहरी भारतको तटीय राज्य आन्ध्र प्रदेश हुँदै नेपालमा प्रवेश गरेको हो । श्रेष्ठका अनुसार आज हिजो भन्दा बढी वर्षा हुने र मङ्गलबार दिउँसोबाट मौसममा सुधार आउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्