निर्वाचन सम्पन्न गर्ने शक्ति देउ: खिलराज रेग्मी

२६ आश्विन २०७०, शनिबार २१:२८ मा प्रकाशित

नवलपरासी, २६ असोज । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दुर्गा भवानिसंग आसन्न संबिधान सभा निर्वाचन सम्पन्न गर्न शक्ति प्रदान गर्ने आशिर्वाद मागेका छन् ।
नवलपरासीको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा शनिबार पूजा अर्चना गर्ने क्रममा त्यस्तो रेग्मीले यस्तो आर्शिबाद मागेका हुन । पुजा अर्चनापछि संक्षिप्त भनाई राख्दै उनले मुलुकलाई सक्रमणकालिन अवस्थावाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताए । रेग्मीले भगवतीमातासँग सोही निर्वाचन गर्न सक्ने शक्ति प्रदान गर्न आर्शिबाद मागेको जानकारी दिदै मंसिर ४ गते निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गराएर निर्वाचित जनप्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको धारणा राखे ।उनले बन्ने संविधानसभाले संविधान निर्माण गर्ने विश्वास ब्यक्त गर्दै नेपाली जनतालाई निर्वाचनमा होमिन आब्हान गरे । उनले सक्रमणकालिन ब्यवस्थापनका लागि आफू नेतृत्वको सरकार गठन भएको भन्दै त्यसमा आफूहरु सफल भई छाड्ने दावी समेत गरे । रेग्मीसँगै गृहमन्त्री माधव घिमिरेले पनि मन्दीरमा पुजाअर्चना गरेका थिए । तयसपछि उनीहरु त्रिवेणी घाटमा रहेको मुक्तीनाथ पिठाधिस बाबा कमलनयन आचार्यको आश्रमा रहेको गजग्राहमा पुजा अर्चना गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्