यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाली कथाकार एलिस मुनरोलाई

२५ आश्विन २०७०, शुक्रबार ०९:१७ मा प्रकाशित

स्टकहोम, एजेंसी, २५ असोज । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाली कथाकार  एलिस मुनरोलाई प्रदान गरिने भएको छ । क्यानाडाली लेखिका एलिस मुनरोलाई उनले लेखेका बुढेसकालमा हुने मानवीय कमजोरीमा आधारित लघु कथाहरूका लागि साहित्य तर्फको नोबेल पुरस्कार दिन लागिएको हो । क्यानाडाली लेखिका एलिस मुनरो नोबेल साहित्य पुरस्कार पाउने १३ औं महिला हुन् । स्वीडिस एकेडेमीले ८२ बर्षिया एलिसलाई ‘समकालीन लघुकथाकी मास्टर’ उपनाम पनि दिएको छ । एकेडेमीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एलिसका कथाको पृष्ठभूमि साना सहरको माहोलमा हुन्छ, जहाँ सामाजिक स्वीकार्य अस्तित्वका लागि संघर्षको कारण अधिकांश सम्बन्धमा तनाव र नैतिक विवाद हुन्छ ।’ नोबेल साहित्य पुरस्कारबाट सम्मानित हुन लागेकी क्यानाडाली लेखिका एलिस मुनरो उक्त पुरस्कार पाउने पहिली क्यानाडेली हुन् । क्यानाडाली लेखिका एलिस मुनरोले बुढेसकालमा हुने शारीरिक असक्तता एवं दुर्बलतामा केन्दि्रत लघुकथाका लागि उक्त पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ । उनका कथा ग्रामीण तथा सामान्य सहरी जीवनमा विद्यमान वातावरण र मानवले जीउनका लागि गर्ने संघर्षका साथै मानसिक विद्रोहमा केन्दि्रत छन् । उनका चर्चित साहित्यिक कृतिहरूमा हु डु यु थिङ यु आर, द मुन्स अफ जुपिटर, रनवे, द भ्यु फाम क्यासल रक, टु मच हृयापिनेस रहेका छन् । १९३१ मा क्यानाडाको वन्टेरियोमा जन्मिएकी एलिस ११ वर्षको हुँदादेखि नै लेखिका बन्ने अठोट लिई यस क्षेत्रमा लागेकी थिइन् । पुरस्कारको घोषणा भएपछि उनले आफू त्यति ठूलो साहित्यकार नभएकाले त्यति धेरै अपेक्षा नराखेको तर उक्त पुरस्कारका लागि भने योग्य रहेको प्रतिक्रिया दिएकी छिन् । पुरस्कृत भएको खबर आफ्नी छोरीबाट पहिलोपटक सुन्दा चकित भएको अनुभव पनि उनले सुनाएकी छिन् । पुरस्कारले आफूलाई जीवनका बाँकी समयमा पनि साहित्यमै लागिरहन प्रेरित गरेको उनको अभिव्यक्ति छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार