माओवादी लडाकुको पुनवर्गीकरणको काम आज पनि जारी

३ बैशाख २०६९, आईतवार ०८:५६ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रिया अन्तर्गत दोस्रो चरणको लडाकु पुनवर्गीकरणको काम आज पनि जारी छ । लडाकुको ७ मुख्य शिविरमा पुगेको विशेष समिति मातहतको सचिवालयको टोलीले आज तेस्रो दिन पनि पुनर्वर्गीकरणको कामलाई जारी राखेको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । संयोजक शर्माका अनुसार अबको करिब दुई दिनमा पुनर्वर्गीकरण सक्ने गरी काम भइरहेको छ । गएको चैत मसान्तसम्ममा पुनर्वर्गीकरणको काम सकेर समायोजन रोज्ने लडाकु, हतियार नेपाली सेनाको जिम्मा लगाउने सहमति भए पनि केन्द्रको निर्देशन नआएको भन्दै लडाकुको असहमतिका कारण वर्गीकरणको काम ढिलो सुरु भएको हो । हिजोसम्ममा झन्डै २४ सय लडाकुले स्वेच्छिक अवकाश रोजेको सचिवालयले जनाएको छ । दलहरुबीचको सहमति चित्त बुझ्दो नभएको भन्दै अधिकांश लडाकुले अवकाश रोजेपछि समायोजनमा जाने लडाकुको सङ्ख्या भने पूर्व सहमतिमा उल्लेख भएभन्दा थोरै हुने भएको छ । दलहरुबीच कात्तिक १५ मा भएको ७ बुँदे सहमतिमा साढे ६ हजार माओवादी लडाकुलाई नेपाली सेनाको मातहतमा बन्ने महानिर्देशनालयमा समायोजन गर्ने उल्लेख छ । विशेष समिति मातहतको सचिवालय संयोजक बालानन्द शर्माअनुसार करिब ५ हजार लडाकुले समायोजन रोज्ने संभावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस