मिस वर्ल्डमा ऐतिहासिक सफलता

२५ आश्विन २०७०, शुक्रबार ००:१७ मा प्रकाशित

पहिलो पटक ‘ब्युटी विद अ पर्पोज’ एवार्ड जितेर इशानीले मिस वर्ल्डको इतिहासमा नेपाललाई सफलता दिलाएकी छिन् । दन्त चिकित्साकी छात्रा इशानीले जुम्ला पुगेर निर्माण गरेको ५ मिनेट लामो वृत्तचित्र ‘स्माइल नेपाल’ ले उनलाई ब्यूटी विद अ पर्पोजको उपाधि दिलाएको थियो। उक्त सफलताले इशानी उत्कृष्ट २० मा पर्न मात्र सफल भइनन्, १० हजार डलरसमेत प्राप्त गरिन्। इशानीले ‘मल्टिमिडिया’ विधामा तेस्रो स्थान समेत हासिल गरिन्, जसका लागि उनले १ लाख ७७ हजार मत पाएकी थिइन्।

शनिबार साँझ सम्पन्न निर्णायक प्रतियोगितामा प्रस्तुत गरिएको सबैभन्दा महत्वपूर्ण सेग्मेन्ट ‘डान्सेस अफ द वल्र्ड’ को सामूहिक नृत्यमा समेत उनी छनौट भएकी थिइन्। डान्सेस अफ द वल्र्डका लागि प्रतिस्पर्धी १ सय ३० प्रतियोगीमध्ये ११ जना मात्र छनौट भएका थिए। ‘निर्णायक प्रतियोगितामा नृत्य गरेर सबैलाई आश्चर्यमा पार्न चाहन्थें, इशानीले आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन्- ‘जसमा म सफल पनि भएँ।’ उनले ‘माइतीघर…’ गीतमा आकर्षक नृत्य प्रदर्शन गरेकी थिइन्।

ब्युटी विद द पर्पोजको उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि इशानीले फ्यान पेजमा लेखेकी थिइन्— ‘मिस वल्र्ड’ भनेको एउटा प्रतिष्ठित प्रतियोगिता हो। विश्वभरिका १ सय ३० जना अत्यन्त सुन्दर युवतीहरूझैं म आफूले पनि आफूलाई उत्कृष्ट सावित गर्न शतप्रतिशत प्रयास गरिरहेकी छु। मिस वल्र्ड एउटा प्रतिस्पर्धा हो तर यसले हामीलाई इन्डोनेसियाको बालीमा राम्रो समय बिताउने अवसर पनि प्रदान गरेको छ। स्थानीय मानिस, परम्परा, संस्कृति, परिकार, नृत्य, मौसम तथा समुद्री किनार अत्यन्त रमणीय छन्। जीवनभरिको अनुभव यही अवधीमा गर्न पाएँ। धन्यवाद मिस वल्र्ड !’ मिस वल्र्डको अन्तिम चरणमा प्रवेश गरेकी मिस नेपाल इशानी श्रेष्ठ उत्कृष्ट नवौं स्थानमा पर्न सफल भएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।