सरकारले आजदेखि देशव्यापी विद्यालय स्वागत एवम् भर्ना अभियान सुरु गर्र्दै

३ बैशाख २०६९, आईतवार ०८:५५ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । नेपाल सरकारले शैक्षिक सत्र २०६९ का लागि आजबाट देशव्यापी रूपमा विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम सुरु गर्ने भएको छ । “नानीबाबु रमाई रमाई स्कुल आऊ, पढी सिकि सधै भरी खुसीले रमाऊ” भन्ने नाराका साथ थालिएको अभियान वैशाख ३० गतेसम्म चल्ने शिक्षा मन्त्रालयले जनाएको छ । वैशाख १ गतेदेखि नै अभियान सुरु हुनुपर्ने भएता पनि सरकारी दुई दिन सार्वजनिक बिदा परेकाले आजबाट १५ गतेसम्म पहिलो चरणको भर्ना अन्तर्गत मुस्कानसहितको फूल र अविरले स्थानीय संस्कृतिअनुसार बालबालिकाहरुलाई विद्यालयमा स्वागत गरिने शिक्षा मन्त्रालयका प्रवक्ता जर्नादन नेपालले जानकारी दिनुभयो ।  त्यस्तै १५ गतेदेखि ३० गतेसम्म विद्यालयमा बालबालिका भर्ना नभएका क्षेत्र तथा घरपरिवार पत्ता लगाउने, बीचैमा पढाइ छाडेका बालबालिकाहरुलाई सामुदायिक, खुल्ला वा वैकल्पिक विद्यालयहरुमा भर्ना गराउन घरदैलो कार्यक्रम गर्ने प्रवक्ता नेपालले बताउनुभयो । यसैबीच शिक्षा विभागले यो वर्ष राष्ट्रिय औसतभन्दा खुद भर्ना दर कम भएका २५ वटा जिल्लामा विशेष कार्यक्रम लागू गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको