चलचित्रका नायक नायिका कसरी मनाउदै छन दशैं ?

२५ आश्विन २०७०, शुक्रबार ००:०० मा प्रकाशित

काठमाडौ । यतिबेला वयस्कदेखि वृद्धवृद्धासम्म दशैँको रन्कोमा छन् । गाउँतिर जानका लागि बसपार्क र गाडीहरु भरिभराउ छन् । विदेशबाट ठुला ठुला पोका ल्याएर आउनेहरुको संख्या पनि बाक्लै छ । बजारमा किनमेल गर्नेको घुँईचो पनि उस्तै । घटस्थापना शुरु भएसंगै दशैँले अहिले कुनै ठाउँ बाँकि राखेको छैन । जताततै मानिसहरुको भीडभाड छ ।

दशैँमा के गर्ने ? सबैको आ-आफ्नै योजना छन् । दशैँमा टिका लाउने, पिङ खेल्ने, नाचगान गर्ने, साथीभाई भेट्ने जस्ता कुराहरु त सबैले गर्ने नै भए । केहिले त दशैँलाई यो भन्दा पनि बढि रुपमा लिएका छन् । त्यहि अनुसारको तयारी भैरहेको छ भने कसैको शुरुवात पनि । दशैँ नेपालीहरुको महान चाड हो । यो पर्वलाई सम्पुर्ण नेपालीहरुले विशेष रुपमै मनाउँछन् । यहि भीडमा चलचित्रका नायक नायिका कसरी मनाउदै छन दशैं त ?

राजेश हमाल:
मेरा यस अगाडीका दशैँ र तिहार अमेरिकामा वित्ने गरेका थिए । तर यसपालि अलिक अर्कै प्रोग्राम बनेको छ । यो पटक मेरो दशैँ कतारमा वित्छ होला । टिकाको एक दुई दिन अगाडी जान्छु र टिकाको एक दुई दिन पछाडी फर्कन्छु । जे होस् बाहिरै भएपनि नेपाली दाजुभाई दिदिबहिनीहरुसंगै मेरो दशैँ वित्छ । अहिले मलाई दशैँको रौनकले त्यति छुँदैन पनि । कुनै बेला थियो, दशैँ भनेपछि खुब तामझाम सहित मनाईन्थ्यो । रमाईलो पनि गरिन्थ्यो, तर अहिले त्यस्तो छैन । किनभने अहिले बाबा र आमा दुवै हुनुहुन्न । र, दशैँ पहिलाजस्तो रमाईलो पनि लाग्दैन । उहाँहरु हुँदा तयारी पनि धेरै पहिलेदेखि हुन्थ्यो । खसीको ईन्तजाम हुन्थ्यो, त्यतिबेला म मासुको खुब शौखिन पनि थिएँ । तत्कालिन समयमा मासु नभएको त खाना नै होईन जस्तो लाग्थ्यो । अहिले त मेरो खान्की पनि फेरिएको छ । मासु निकै कम खाने गरेको छु । अझै यो दशैँबाट त पुरै शाकाहारी बनौँ कि जस्तो लाईराछ । मासुको गुणस्तर पनि राम्रो हुँदैन । त्यहि माथि स्वस्थ्य जीवन जिउनका लागि मासु नखाएकै राम्रो जस्तो पनि लाग्यो । त्यहिँ माथि अहिले पत्रपत्रिका पनि पढ्छु, खसीको ठाउँमा बाख्रा भित्रिरहेको छ रे काठमाण्डौमा, फेरी मेरो भागमा पनि बाख्रा नै पर्‍यो भने के गर्ने ? (हाँस्दै), खासै म मासु खाने बानीको खिलाफ चाँहि होईन, तर मासु धेरै नखाएकै राम्रो । अब दशैँको कुरा गर्दा यो नेपालीहरुको महान चाड हो र मैले पनि यसलाई सम्पुर्ण नेपालीसंगै सेलिब्रेट गर्छु ।
नम्रता श्रेष्ठ:
यो पाली दशैँ मनाउन ममिसंगै मामाको घरमा जाने प्लान छ । मामाघर मटौली हो । सिलिगुढी हुँदै जानुपर्छ । एकचोटी धेरै पहिले म मामाघर गएको थिएँ । त्यसपछि म मामाघर गएकी छैन । यो पटक मामाघरमा निकै रमाईलो गर्ने विचार गर्दैछु । दशैँ मलाई निकै मन पर्ने पर्व हो । सानै देखि छाप परेर हुनसक्छ, दशैँ भन्ने वित्तिकै मलाई निकै उल्लासपुर्ण लाग्छ । कलरफुल क्या ! स्कुल विदा हुने, सबैजना फ्रि हुने, भेटघाट जस्ता कुराहरुले गर्दा सानै देखि मलाई दशैँ खुब मन पथ्र्यो । शपिङको रन्कोले पनि सानोमा खुब छुन्थ्यो । अहिले पनि शपिङको रन्को हुन्छ, तर बाल्यकालमा जस्तो आफुलाई मात्र सोचिन्थ्यो, अहिले आएर परिवारका लागि पनि शपिङ गर्नुपर्ने पक्षहरु सोँच्छु । जे होस्, दशैँ रमाईलोसंग मनाउने योजना छ । सबैको दशैँ रमाईलोमा वितोस्, ह्याप्पी दशैँ टु अल ।
भुवन केसी:
जसरी हरेक नेपालीले दशैँलाई उल्लासपुर्ण तरिकाले मनाउनुहु्न्छ, ठिक त्यसरी नै मैले पनि दशैँ मनाउने प्लान बनाएको छु । हरेक नेपालीले गर्ने जस्तै मैले दशैँमा आफुभन्दा अग्रजबाट टिका लगाउँछु र सानालाई टिका लगाएर आर्शिवाद दिन्छु । दशैँमा खसीको मासु खान मलाई मन पर्छ । त्यसैले दशैँको लागि खसीको व्यवस्था पनि गरिसकेको छु । साथीभाईसंग रमाईलो गर्ने प्लान पनि छ । अलिकति रमझम पनि हुनै पर्‍यो । दशैँ सकिएलगत्तै संविधान सभाको चुनाव पनि नजिकिरहेको छ । त्यो चुनाव सबैले सफल बनाउनुपर्छ । दशैँमा माता दुर्गाले सम्पुर्ण नेताहरुलाई संविधान बनाउने आर्शिवाद देऊन्, दशैँको कामना यहि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो