बैद्य माओबादीले निर्बाचन बहिस्कारको लागि जोर जबरजस्ती नगर्ने

२४ आश्विन २०७०, बिहीबार १९:४४ मा प्रकाशित

दांग, २४ असोज । नेकपा-माओवादीले निर्बाचन बहिस्कारको लागि जोर जबरजस्ती र बाहुबलको प्रयोग नगर्ने बताएको छ । दाङको लमहीमा भएको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष बैद्यले चुनाव बहिस्कार आन्दोलन हिंसात्मक नहुने बताउनु भएको हो । अध्यक्ष बैद्यले भने, ‘चुनाव बहिस्कार आन्दोलनका क्रममा जोर जबरजस्ती र बाहुबलको प्रयोग गर्दैनौ तर हामीलाई दमन गरे हामी प्रतिरोध गर्छौ ।’ उनले मसिर ४ को चुनावले संविधान नदिने भन्दै गाउँदेखि केन्द्रसम्म सक्रिय बहिस्कार गर्ने निर्णय भएको बताए । उनले भने,’वार्ताको औचित्य समाप्त भयो अब शसक्त बहिस्कारको बिकल्प रहेन ।’ पश्चिम नेपालको दांगमा भएको बैठकमा अवध, थारुवान, मगरात, भेरी-कर्णाली, सेती-महाकाली राज्य समितिका ७० जना अगुवा कार्यकर्तालाई पार्टीको शसक्त बहिस्कारको रणनीति बारे प्रशिक्षित गरिएको थियो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली