एमाले उम्मेदबार महमुद आलम मृत घोषणा

२४ आश्विन २०७०, बिहीबार १३:१६ मा प्रकाशित

काठमाडौ, २४ असोज । अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भीर घाइते बनेका एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलमको मिर्त्यु भएको छ । अज्ञात व्यक्तिको गोली प्रहार बाट गम्भीर घाइते भएका आलमलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ बारा क्षेत्र नं. ४ मा एमालेको उम्मेदवार बनेको भोलिपल्ट असोज १८ गते बाराको परवानीपुरस्थित चसावती मिल अगाडि उनलाई अज्ञात व्यक्तिले गोली प्रहार गरि गम्भीर घाइते तुल्याएको थियो । उनलाई गोली प्रहार गर्ने व्यक्ति वा समूहको अनुसन्धान गर्न आयोग बने पनि अहिले सम्म तथ्य बाहिर आउन सकेको छैन । उनको हत्या प्रयास भारतीय अपराधिक गिरोह मार्फत भएको आसंका गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखि उनको उपचार हुदै गर्दा बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । आलम एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री